१३ कार्तिक । सानीमा लाइफ इन्सुरेन्सले सानिमा ‘शुभ लक्ष्मी (सावधिक) जीवन बीमा योजना’ प्रस्तुत गरेको छ । समाजका विभिन्न तह र तप्काका मानिसहलाई समय सापेक्षिक रुपमा नयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिबद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको बताइएको छ ।
यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्नस्तरीय जनसमुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको छ ।
सरल बीमा शुल्कमा रु.१० लाख सम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ ।
वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:४९ मा प्रकाशित