back
CTIZAN AD

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

वि.सं.२०७५ कात्तिक २० मंगलवार

756 

shares

२० कात्तिक, दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ ।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग(छाँगावरोहण), केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका हुन ।

त्यसैगरी स्याङ्जाको सतौ–चण्डिकालिका क्षेत्र, आलमदेवी, बागलुङको भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र र रघुगङ्गा रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

सरकारले चालू आव २०७५–७६ को बजेट वक्तव्यमार्फत नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने घोषणासहित बजेट विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढीको आवेदन परेको थियो । मन्त्रालयले देशभर एक सय नयाँ गन्तव्य पहिचान गरेको हो । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले पाँच आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो । निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिनेछ । नयाँ एक सय गन्तव्य छनोटले सन २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुग्नेछ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १०:२३ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...