back
CTIZAN AD

नेपाली युवा मेरिल्याण्ड राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी

वि.सं.२०७५ कात्तिक २१ बुधवार

675 

shares

अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् ।

गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरि बिजयी बनेका थिए । आज सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई बिजयी भएका छन् ।
गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्प्रर्धिहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । उनलाई यस मध्यावधि निर्वाचनले ढोका खोलि दिएको छ ।

गत प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिसत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।
सम्भवत यसरी मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन् । यस्तै गरि न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकि उम्मेदवार मदलसा गुरुंग पनि उपबिजेता बनेकी छिन् । २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् भने उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकि छिन ।

भण्डारी सन् २०१४ मा चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए । उनि जुन स्थानमा सन् २०१४ मा उप बिजेता बनेका थिए सोही क्षेत्र बाट यस पटक पनि उम्मेदवार बनि सफलता हासिल गरेका छन् । सन् २०१४ मा डेमोक्र्याटिक दलको तर्फ बाट आधिकारिक उम्मेद्वार थिएनन भने यस पटक डेमोक्र्याटिक दलको तर्फबाट आधिकारिक उम्मेदवार रहेका थिए ।

भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गरेका थिए ।मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमोक्र्याटिक दलका उम्मेद्वार ह्यारीको जित भएको छ । भण्डारीले करिव १५ हजार घर दैलो अभियानमा सरिक भएका थिए ।

नेपालको पर्वत जिल्लाबाट सपनाको संसार अमेरिका सन् २००५ मा आएका हुन् । भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन्

मध्यावधी निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभ९प्रतिनिधि सभा सदस्य ० को सबै ४ सय ३५ स्थान ,सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरुको निर्वाचन भएको हो । यसको साथै राज्य देखि स्थानीय स्तरका विभिन्न पदको लागि निर्वाचन भएको थियो ।

भण्डारीलाई २०१८ को निर्वाचनमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले ठूलो आर्थिक सहयोग गरेका थिए । आफ्नो चुनावी क्षेत्रमा अत्यन्तै व्यस्त रहेता पनि भण्डारीले अमेरिकाका नेपाली समुदायले विभिन्न राज्य तथा शहरहरुमा आयोजना गरेको भेलामा सहभागिता जनाएका थिए ।

मध्यावधी निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभ(प्रतिनिधि सभा सदस्य) को सबै ४ सय ३५ स्थान ,सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरुको निर्वाचन भएको हो । यसको साथै राज्य देखि स्थानीय स्तरका विभिन्न पदको लागि निर्वाचन भएको थियो ।

भण्डारीलाई २०१८ को निर्वाचनमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले ठूलो आर्थिक सहयोग गरेका थिए । आफ्नो चुनावी क्षेत्रमा अत्यन्तै व्यस्त रहेता पनि भण्डारीले अमेरिकाका नेपाली समुदायले विभिन्न राज्य तथा शहरहरुमा आयोजना गरेको भेलामा सहभागिता जनाएका थिए ।

वि.सं.२०७५ कात्तिक २१ बुधवार १०:२५ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...