back
CTIZAN AD

देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

618 

shares
२२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरूले तालीले स्वागत गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उहाँका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आउनुभएको छ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन हुनुभएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन् ।

‘देवकोटा मूलबाट फुटेर खसेको झाँगोजस्तो’

गतसाता छातिमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भई निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भने, “देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन । उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो ।” आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा अरुण सायमी र सचिवायलले लामो नबोल्न र धेरैबेर कार्यक्रममा नबस्न सुझाए पनि प्रधानमन्त्री ओलीले देवकोटाका रचना सुनेर आफूलाई शक्ति मिलेको जनाए ।

आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकवि देवकोटालाई प्रधानमन्त्री ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाए । प्रधानमन्त्री ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरू रोएको देखेपछि उहाँप्रति जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरे । झ्याउरे छन्दको ‘मुनामदन’ अहिले पनि नेपाली पाठकमाझ धेरै बिक्री हुने पुस्तक मध्येमा पर्छ ।

भारतीय महापण्डित डा राहुल साङकृत्यायनले देवकोटालाई गौतमबुद्धपछिको सबैभन्दा ठूलो मानवातारका रूपमा लिर्ई भारतका तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा भनी उल्लेख गरेको सन्दर्भ पनि साहित्यिक इतिहासमा गौरवका साथ लिइन्छ ।

स्रष्टालाई चुरोट त्याग्न आग्रह

देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उनीँ ५० वर्षकै उमेरमा बित्नुभएको भन्दै प्रधानमन्त्री ओलीले सङ्ग्रहालयमा उहाँका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरू समावेश गरिने सुनाए । साथै उहाँले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गरे ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित नेतागण, वरिष्ठ स्रष्टाको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ गायक भक्तराज आचार्यसमेत उपस्थित थिए । प्रधानमन्त्री ओलीको आग्रहमा युवा गायक निर्मल पनेरुले आचार्यका ‘यहाँ छन् बुद्धका आँखा…’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ…’ बोलको गीत गाउनुभएको थियो भने विभिन्न कवि तथा गायकले देवकोटाका लोकप्रिय कविता वाचन गरेर प्रधानमन्त्री निवासलाई देवकोटामय तुल्याउनुभएको थियो ।

देवकोटाका विषयमा विद्यावारिधी गरेका डा महादेव अवस्थीले देवकोटाले ७० वर्षअघि नै समृद्धि, मानवीय सुख र राष्ट्रियताको जागरण कविताबाट पस्किएको जनाउँदै देश चलाउने नेताले समयमै ती कविता बुझिदिएको भए मुलुकले समृद्धि पाइसक्ने जिकिर गरे ।

कवि तुलसी दिवसले उनको सरकारी निवासमा यसरी हालसम्म देवकोटा जयन्ती नमनाइएको समयमा प्रधानमन्त्रीको यस्तो अग्रसरताले साहित्यिक क्षेत्र सम्मानित भएको जनाउनुभयो । प्रधानमन्त्री ओली संरक्षण रहेको उक्त प्रतिष्ठानले गत असारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा त्रिदिवसीय हिमवतखण्ड कला, साहित्य सम्मिलन आयोजना गरेको थियो ।

स्रष्टाहरू कवि दिवस, रामकृष्ण दुवाल, डा विप्लव ढकाल, प्रभा भट्टराई, कोमल वली, सञ्जय तुम्रुक, लक्ष्मण गाम्नागे, निर्मल पनेरु, डा विजय सुब्बा, डा देवी नेपाल, भुवनहरि सिग्देल, नरनाथ लुइँटेल, रामेशलगतयले देवकोटाका गीत, कविता प्रस्तुत गरी सभालाई काव्यिक बनाउनुभएको थियो । देवकोटाका ‘यात्री’, ‘पागल’, ‘प्रभू मलाई भेँडो बनाऊँ’ आदि कविता वाचन गरिएका थिए ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार ०८:३६ मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...