back
CTIZAN AD

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

वि.सं.२०८२ फागुन २४ आइतवार

837 

shares

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तरले खतराको सीमा पार गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कले जनस्वास्थ्यमा गम्भीर संकट निम्तिएको देखाएको हो । केहि दिन यता नेपालको आकाशभरि बाक्लो तुवाँलो देखिएको छ ।

पूर्वी पहाडी जिल्ला इलाममा वायु गुणस्तर सूचकांक १८९ माइक्रो ग्रामसम्म पुगेको छ । यो दर प्राविधिक दृष्टिकोणले मानिसका लागि ’अति अस्वस्थ’ मानिने तह हो । इलामसँगै दाङको देउखुरीमा वायु गुणस्तर सूचकांक १६९ माइक्रो ग्राम र भक्तपुरमा १६३ माइक्रो ग्राम मापन गरिएको छ । काठमाडौँ उपत्यकाभित्रको भैंसेपाटी र शंखपार्क क्षेत्रमा पनि प्रदूषणको मात्रा १५० माइक्रो ग्राम भन्दा माथि पुग्नुले अवस्था भयावह रहेको संकेत गरेको छ ।

त्यस्तै, हावामा मिसिएका घातक धुलोका कण (पिएम–१०) को मात्रा भक्तपुरमा प्रतिघनमिटर १४८.६ माइक्रोग्राम पुगेको छ । यसरी वायुमण्डलमा धुलो र धुवाँको मात्रा बढ्नुमा सवारी साधनको चाप र सुक्खा मौसम मुख्य कारण रहेको विज्ञहरूको भनाइ रहेको छ । अहिलेको अवस्थामा मुस्ताङबाहेक देशका अन्य अधिकांश सहरी क्षेत्र ’रेड जोन’ मा छन् । प्रदूषणका कारण श्वासप्रश्वास र आँखासम्बन्धी समस्या बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाब छ ।

 

वि.सं.२०८२ फागुन २४ आइतवार १५:१६ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...