back
CTIZAN AD

अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका

वि.सं.२०७५ कात्तिक २४ शनिवार

642 

shares

२४ कात्तिक, चिप्लेढुङ्गा । जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए । उनी निकै प्रसन्न देखिन्थे । सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् । जीवनमा पहिलोपटक ढाका टोपी र सयपत्रीको मालामा सजिएर भाइटीका लगाएका उनले मात्रै यति भने, ‘मलाई निकै रमाइलो लागेको छ । टोपी, माला अनि टीकाले मलाई राम्रो देखिएको छ । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिन ।’

इजरायली नागरिक नेप्चेनले पनि निधारमा भाइटीका लगाउन पाउँदा निकै खुशी लागेको बताए । “दिदीबहिनीले टीका लगाएर ढाका टोपी लगाउँदा निकै खुशी लागेको छ’ संस्कार र संस्कृतिले सम्पन्न देशमा आएर बहिनी बनाउन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया थियो । पहिलोपटक नेपाल आएका उनीहरुका लागि तिहार पर्व नौलो मात्र लागेन, अविस्मरणीय क्षण बन्न पुग्यो ।

चौथोपटक भाइटीका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन भाइटीकाले आफूलाई नेपालप्रतिको मायामा झनै प्रगाढ बनाएको प्रतिक्रिया दिइन् । टीकाको समय कुरेर बसेकी उनी केही दिनमै स्वदेश फर्कने पनि बताइन् । ‘यो पर्व वास्तवमा दुई देशका नागरिकबीच सम्बन्धलाई स्थापित गराएको छ । मैले चौथो पटक टीका लगाउँदै छु ।’ उनले सम्भव भएसम्म हरेक वर्ष टीका लगाउन नेपाल आउने चाहना प्रकट गरिन् ।

बाह्र वर्षदेखि पश्चिमाञ्चल होटल सङ्घले लेकसाइडमा भाइटीका महोत्सवको गर्दै आएको छ । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हान पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

उनले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । तुलाचन भन्छन्, ‘‘यो पर्व धर्मसँग भन्दा पनि सद्भावसँग जोडिएको छ ।’’

कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सङ्घका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिए । उनले भने ‘भाइटीकाकै दिन अपराह्न २ बजेबाट शुरु भएको भाइटीका कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो ।’ नेपाली परम्पराअनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्दै सेलरोटीलगायत अन्य परिकार खुवाइएको थियो । उनले गत वर्ष १३ देशका ३५ पर्यटकले टीका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटकलाई भाइटीका लगाएको जानकारी दिए ।

तिहारको झिलिमिली, देउसीभैलो, सयपत्री, गोदावरी, मखमली फूलका मालाहरुले उत्सवमय वातावरणमा भाइटीका लगाएका विदेशी पर्यटक नेपाली संस्कृतिप्रति निकै लोभिएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष गोविन्दराज पहारीले बताए । ‘यो भाइटीका कार्यक्रमले अन्तरदेशीय नागरिकबीच आत्मीय सम्बन्ध जोडेको छ’’ उनी भन्छन् ।

कति पर्यटक तिहारको टीका लगाउनकै लागि भनेर वर्षमा एकचोटि नेपाल आउने गर्छन् ।” यस पर्वले पर्यटन प्रर्वद्धनसँगै सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको पहारीको भनाइ छ । पहारीले भाइटीका महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए ।

पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाले भाइटीका लगाइदिएका थिए । भाइटीकापश्चात पर्यटकहरु देउसीभैलोमा सहभागी भएर रमाएका थिए । कार्यक्रमका लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको थियो भने कार्यक्रमको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:४१ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...