back
CTIZAN AD

मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

वि.सं.२०७५ कात्तिक २४ शनिवार

675 

shares

२४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गदै आएका बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:३० मा प्रकाशित

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...