back
CTIZAN AD

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

वि.सं.२०७५ कात्तिक २४ शनिवार

798 

shares

२४ कात्तिक, धनुषा । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए ।
भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५ लाख बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।
पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र रु २५ लाख बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए ।
फूल व्यवसायी मालीले भने, “हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर पूmलको माग बढेपछि गेना (सयपत्री), रजनीगन्धा (गोदावरी), मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।”

यहाँ भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिने व्यापारी बताउँछन् । व्यापारीका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाइ छ ।

यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक रु २० देखि २५ हजार बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताए । उनले भने, “म जानकी मन्दिर तथा राम मन्दिरको फूल स्टलबाट दैनिक रु तीनदेखि चार हजारको फूल बेच्ने गर्छु ।”

यसरी बिक्रीको अनुपात हेर्दा दैनिक रु २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ । फूलमालाको माग राम्रो भएको हुँदा यहाँ स्थानीयस्तरमै पुष्पखेती व्यावसायिक रूपले गर्न सके पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिने धारणा जिल्ला वनस्पती कार्यालयका प्रमुख ताहिर हुसैनको छ ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:२४ मा प्रकाशित

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै...

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...