back
CTIZAN AD

दुई जनाको मृत्यु

वि.सं.२०८३ जेठ १२ मंगलवार

330 

shares

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आज बिहान श्रीमतीलाई कुटपिट गर्दा ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

श्रीमान्को कुटपिटबाट गम्भीर भुजेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित निर्माणाधीन तराई मधेस द्रुतमार्गको सुरुङमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ ।

काम गर्ने क्रममा सुरुङमा प्रयोग हुने रिपिट तथा ढुङ्गा (फलामबाट बनेको उपकरण) खस्दा चोट लागेर कामदार बर्दिया जिल्ला घर भएका ३० वर्षीय रामगोपाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:१० मा प्रकाशित

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...