back
CTIZAN AD

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

वि.सं.२०८३ साउन २५ सोमवार

69 

shares

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ ।

भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो ।

साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ । बिहानदेखि भक्तजनको आवगमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ ।

कैलालीको गोदावरी धाम, धनगढीको बेहडाबाबा मन्दिर, शिवपुरी धाम र धनगढीकै विभिन्न शिवालयमा भक्तजनको घुइँचो छ । साउन अन्तिम सोमबार भएकाले अन्य सोमबारको तुलनामा आज यहाँका शिवालयहरुमा भक्तजनको उल्लेखनीय उपस्थित बढेको धनगढीस्थित शिवपुरी धाममा पुरोहित हरिनारायण भट्टले जानकारी दिए ।

पूजाका सामग्री, फूलमाला, बेलपत्र तथा फलफूलको व्यापार बढेको छ । धार्मिक आस्थासँगै साउनको सोमवारलाई पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने विश्वाससँग जोडेर हेर्ने गरिन्छ ।

वि.सं.२०८३ साउन २५ सोमवार १३:१३ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...