back
CTIZAN AD

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

वि.सं.२०८३ जेठ १२ मंगलवार

309 

shares

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ बस्ने भारत पञ्जाव मोहालीका २६ वर्षीय अमितकुमार र काठमाडौँ महानगरपालिका–३ बस्ने भारत हरियाणा फरिदावादका ३९ वर्षीय राहुल कुमार रहेको प्रहरीले जनाएको छ ।

उक्त ठगीको अभियोगमा पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका–६ की २७ वर्षीया मुस्कान घिमिरे, मकवानपुर बकैया गाउँपालिका–९ का ३९ वर्षीय जनकबहादुर वाइबा, सुनसरी रामधुनी नगरपालिका–५ का २७ वर्षीय मिलन घिमिरे, काठमाडौँ महानगरपालिका–१५ बस्ने मोरङ बेलबारी नगरपालिका–३ का २७ वर्षीय कमल थापा तथा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ की ४० वर्षीया नितु घिमिरे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउमध्ये अमित र राहुलले क्यानडा पठाइदिने भन्दै रु एक करोड ५७ लाख ६५ हजार ४००, मुस्कानले ग्रिस पठाउने भनी रु १२ लाख, जनकले फ्रान्स पठाउने भन्दै रु १६ लाख, मिलनले क्रोएसिया पठाउने भनी रु तीन लाख ३५ हजार ठगी गरेका अभियोग छ ।

त्यस्तै, कमलले बेलायत, रोमानियालगायत देशमा पठाउने भन्दै रु २७ लाख ५० हजार र नितुले अमेरिका पठाउने भन्दौ रु २६ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेकामध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:०५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...