back
CTIZAN AD

रेमिट्यान्स सँगै म्याग्दीका गाउँ गाउँमा विकास भित्रियो

वि.सं.२०७५ कात्तिक २५ आइतवार

690 

shares

२५ कात्तिक, गलेश्वर । म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् ।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।

भकिम्लीबाट विदेशमा गएका युवाहरूको पहलमा भकिम्ली गाउँमा करीब तीन करोडको लागतमा सुविधा सम्पन्न भव्य विद्यालय भवन निर्माण भएको छ । म्याग्दीकै नमूना विद्यालय भवन मानिएको भूकम्प प्रतिरोधी सो भवन निर्माणका लागि प्रवासी भकिम्लेलीहरूले दुई करोड ५० लाखभन्दा बढी सहयोग गरेका छन् भने साविकको जिल्ला शिक्षा कार्यालय र नगरपालिकाले न्यून रकम लगानी गरेको छ ।

यसैगरी सोही वडाको राखुमा प्रवासीहरूको रु ३५ लाखभन्दा बढी लगानीमा कृषि सडक निर्माण भएको छ । यसका साथै सामुदायिक भवन र खेलमैदान निर्माणमा पनि प्रवासी भकिम्लीहरूले लगानी गरेका र उनीहरूको सहयोगबाट नै गाउँमा विकासको लहर छाएको बेनपा–३ का वडाअध्यक्ष पदम पुनले बताए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–१ बेगमा पनि प्रवासी स्थानीयवासीको पहलमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

देश र विदेशका विभिन्न शहरमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडाँै, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराइन, सिङ्गापुरलगायत स्थानमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध भएका छन् ।

समाजको पहलमा रु एक करोड २५ लाख जुटाएर विसं २०७० मा छ किलोमिटर दुरीको बेगखोला–देउराली नमूना हरित सडक र पाँच किलोमिटर दुरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा भिक्टोरिया क्रस प्राप्त स्व ऋषि पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विसं २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्ड्स टुगेदर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो ।

बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको रु १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको– ५ किन्दुका बासिन्दाले रु ५० लाख जुटाएर साढे छ किलोमिटर सडक निर्माण गरेका छन् ।

भौगोलिकरूपमा विकट र अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित किन्दुमा यातायात सेवाको पहुँच पु¥याउन प्रवासी किन्दुवासीहरूको सहयोगमा सडक निर्माण भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

विदेशी भूमिमा रातदिन मेहनत गरेर कमाएको पैसाबाट प्रवासी म्याग्देलीले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामात्र राम्रो बनाएका छैनन्, उनीहरूकै पौरखका कारण म्याग्दीका कतिपय गाउँहरूको कायापलट भएको स्थानीय बासिन्दाले बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने क्रम घट्दो
यसैबीच ‘लाहुरेहरूको जिल्ला’ म्याग्दीबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरूको सङ्ख्या घट्दै गएको छ ।
देशमा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो । लामो समयको अस्थिर राजनीति र लगानीको प्रत्याभूति नहुँदा युवाहरूको विदेश मोह बढेको थियो ।
तर निर्वाचनपपछि स्थिर सरकार गठन भएसँगै स्वदेशामा नै रोजगारी पाइने आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिहरूले बताएका छन् ।
‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका २ का रमेश कार्कीले भने ‘जापान जाने सोच फेरेर यहीँ कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।’
त्यस्तै नगरपालिका–३ डाँडाखानीका झकबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फकिएका हुन् । गाउँका खाली जमीनमा सुन्तला खेती र पशुपालन गर्ने योजना बनाएर आफू युएईबाट घर फर्केको उनले बताए । ‘त्यसका लागि पूर्ण योजना बनाएर आएको छु,’ उहाँले भन्नुभयो— ‘सदरमुकाम केन्द्रित अधिकार गाउँ पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।’
जिल्ला प्रशासनको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो समय विदेश जाने युवा घटेका छन् । राहदानी वितरणको तथ्याङ्कले युवा विदेश पलायन घटेको देखाएको हो । राहदानी फाँटका अनुसार गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको सङ्ख्या घटेको छ । राहदानी लिनेको सङ्ख्या करीब १५ प्रतिशत घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले खाडी मुलुकमा रहेका युवालाई अबको ५ वर्षभित्र स्वदेश फर्काउने बताएका थिए । जिल्लामा अहिले ५ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यसैगरी कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा रहेको छ । कालीगण्डकी कोरिडोर निर्माणसँगै उत्तर—दक्षिण सीधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाहरूको बुझाइ छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १५:५९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...