back
CTIZAN AD

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

666 

shares

२९ कात्तिक, दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो ।

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन् । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ ।

सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए ।

त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १७:०९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...