back
CTIZAN AD

राजधानीमै पालमा प्रहरी

वि.सं.२०७५ मंसिर ९ आइतवार

567 

shares

९ मंसिर काठमाडौ । २०७२ बैशाखको भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौ र अपराध अनुसन्धान महाशाखा अर्काको जग्गामा बनाइएको पालभित्र सन्चालन भइरहेका छन् ।

टेकुस्थित नेसनल टेडिङ परिसरमा साढे तीन वर्षअघि बनाईएका पाल जिर्ण भइसकेका छन् । रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् ।कागज पत्र असरल्ल छरिएका छन् । हावा चल्न थालेपछि प्रहरी अधिकारीहरु कागजपत्र उडाउने डरले सर्तक हुन्छन् । पानी पर्दा प्वाल टाल्न जुट्छन् ।

नेसनल टे«डिङसँग २६ हजार रक्वायर फिट भायामा लिएर सन्चालन भइरहेको सासा बैक्वटको आधा क्षेत्रफलमा महाशाखाको कार्यालय छ भने टे«डिङको गोदाम र खाली रहेको पुरानो भवनमा परिसरको कार्यालय छ ।बैक्वटको आँगनमा महाशाखाले दर्जनजति पाल टाँगेको छ । घामपानीले ति पनि मक्किसकेका छन् ।महाँशाखासँग करिब दुई सय प्रहरी अधिकारी आबद्ध छन् ।

परिसरले ३ हजार १ सय ३८ दरबन्दी परिचालन गरिहेको छ ।दैकिक ६ सय हाराहारी सेवाग्राहीका अनेक समस्या र अप्ठ्यारा फुकाउने प्रहरी अधिकारीहरु आफ्ना समस्या कसलाई सुनाउने भन्ने अन्योलमा छन् । महाशाखा र परिसरको नेतृत्व हाँकिरहेका उच्च अधिकारीहरु पनि यही अप्ठेरोमा छन् ।आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०८:३३ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...