back
CTIZAN AD

वन्यजन्तुबाट खेती जोगाउन मुस्किल

वि.सं.२०७५ मंसिर २५ मंगलवार

825 

shares

२५ मङ्सिर, कावसोती ।  मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपरासीको मध्यवर्ती नजिकका बस्तीमा दिनहुँजसो वन क्षेत्रबाट आउने वन्यजन्तुले अन्नबाली खाने र कुल्चेर नष्ट गर्ने गरेका कारण यस क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् ।

“जङ्गली जनावरका लागि खेती लगाए जस्तो भएको छ, कहिल्यै कुनै पनि खेती पाकेर पूरै भित्र्याउन पाइँदैन”, मध्यविन्दु–३, का विष्णु रानाभाटले बताए , “मध्यवर्ती छेउमा बस्ने हामी, न लगाएको खेती सकुशल भित्र्याउन पाउँछौँ, न ज्याननै सुरक्षित छ ।”

जङ्गलबाट आउने गैँडा, चित्तल, बँदेल लगायत जनावरले लगाएको बाली खाइदिने, माडिदिने गरेका कारण समस्या भएको कावासोती गैरीका स्थानीय सोमप्रसाद गुरुङले बताए । वर्षभरि लगाउने प्रत्येक खेतीबालीमा जङ्गली जनावरले नोक्सान पु¥याउने गरेको उनले बताए । “अहिले मसुरो छ ,रातभरि मृगको बथान आउँछ, सबै खाएर, टेकेर सखाप छ”, हातले आफूले लगाएको मसुरो बालीतर्फ देखाउँदै गुरुङले बताए , “वर्षभरि, मकै, धान, गहुँ जे लगाए पनि सखापै पार्छ ।”

जङ्गली जनावरले खेतीबाली खाने मात्र समस्या नभएर कहाँ कतिबेला आफूलाई नै आक्रमण गर्ने हो भन्ने चिन्तासमेत हुने गरेको गुरुङले बताए ।
मध्यवर्ती क्षेत्रमा जङ्गली जनावर रोक्न धेरैजसो क्षेत्रमा विद्युतीय झट्का र तारजाली लगाइएको भए पनि तारजाली नभएको स्थानबाट जङ्गली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाइ छ । जङ्गली जनावरले बस्तीमा आएर स्थानीयलाई हानेर घाइतेसमेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको स्थानीयवासी बताउँछन् ।

सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा क्षतिपूर्तिका लागि पहल गरेपनि क्षतिपूर्ति पाउन नसकेको धेरैको गुनासो छ । “क्षतिपूर्ति पाइन्छ भनेर धायो, अहिलेसम्म केही पाइएको छैन गुरुङले भने, “क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।” वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन निक्कै झन्झटिलो प्रक्रिया भएकाले समेत धेरैले क्षतिपूर्तिका लागि पहल नै गर्दैनन् ।

“जनावरले आफूहरूले वर्षभरि मौसमअनुसार लगाउने सबै बालीमा क्षति पु¥याइरहेको हुन्छ, कहिलेकाहीँ राति कुरेर, होहल्ला गरेर लखेटिन्छ, कुनबेला आएर खान्छ ठेगान हुँदैन”, स्थानीय थमप्रसाद चापागाईंले भने, “खेतीबाली लगाएको बारी सबै रातभरि जङ्गली जनावर ओहोरदोहोर गर्ने ठाउँ बन्छ ।”

स्थानीयले आफूले लगाएको बाली जङ्गली जनावरबाट जोगाउन खेतमा विभिन्न प्लास्टिक तथा बोराका मावन आकृति बनाएर गाडने गरेका छन् । जनावरले मानिस रहेछ भनेर जनावर आउँदैन कि भनेर यस्तो बनाएर गाडेको चापागाईंले बताए । स्थानीयले खेतीबाली जोगाउन गरेको यस्तो प्रयास सफल हुन सकेको छैन ।

वन्यजन्तुले बालीनालीमा धेरै क्षति पु¥याउन थालेपछि अहिले यहाँका स्थानीय तहले वार्षिकरूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा बजेट विनयोजन गरेर पक्की पर्खाल नै बनाउन थालेका छन् । स्थानीय तहले बजेट विनियोजन गरी मेसजाली सहितको पक्की पर्खाल निर्माणको काम गरिरहेका छन् । यसले वन्यजन्तु बस्तीमा आउनबाट रोक्ने विश्वास लिइएको छ ।

वन्यजन्तु प्रभावित क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो वडाको स्थानीयको माग भनेकै वन्यजन्तुबाट हुने क्षति रोक्नु रहेको बताए । वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माग हुने गरेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार वडा कार्यालयमार्फत मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आफ्नो क्षेत्र भित्रको वनसँगको सीमामा पक्की पर्खाल बनाउने कामसमेत थालिएको छ ।

वि.सं.२०७५ मंसिर २५ मंगलवार १२:४४ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...