back
CTIZAN AD

कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा छैन :सङ्घ

वि.सं.२०७५ मंसिर २६ बुधवार

657 

shares

२६ मङ्सिर, काठमाडौँ (रासस) । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ ।

“कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोपालप्रसाद पोखरेलले भने, “सरकारले दुई तिहाइ दम्भका आधारमा कर्मचारी समायोजन अध्यादेश ल्याएको छ ।”

“कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनै पनि छलफल गरेन, संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याउनुपर्छ”, उनले भने ।

अध्यक्ष पोखरेलले कर्मचारीसँग विना छलफल गरी ल्याएको अध्यादेशका विरुद्धमा आन्दोलन गर्ने बताउँदै मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको आरोप लगाए ।
सम्मेलनमा निजामती कर्मचारीको आधिकारिक सङ्गठन ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले संसद्लाई छलेर ल्याइएको कर्मचारी अध्यादेशका विरुद्धमा आन्दालेन गर्ने बताउँदै कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको धारणा व्यक्त गरे ।

वि.सं.२०७५ मंसिर २६ बुधवार २०:५८ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...