back
CTIZAN AD

पचपन्न प्रतिशत चामल बाजुरामै खपत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.2K 

shares

 ९ कात्तिक,भीमदत्तनगर । खाद्य संस्थानले सुदूरपश्चिममा बिक्री गर्ने कुल चामलको ५५ प्रतिशत बाजुरामा खपत हुने गरेको छ ।

सुदूरका अन्य जिल्लाको तुलनामा खाद्य सङ्कट बढी हुने बाजुराका दुईवटा बिक्री केन्द्रबाट वार्षिक २० हजार क्विन्टल चामल बिक्री वितरण हुने गरेको छ । नेपाल खाद्य संस्थान सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ लेखा सहायक गङ्गादत्त पन्त वार्षिक रुपमा सुदूरका पाँच पहाडी जिल्लामा बिक्री केन्द्रमार्फत करिब ३० हजार क्विन्टल चामल खपत हुने गरेको बताउनुहुन्छ ।

बझाङ सदरमुकाम चैनपुरमा रहेको बिक्री केन्द्रबाट न्यून चामल खपत हुने गरेको छ । चैनपुरमा व्यापारीले संस्थानको भन्दा सस्तोमा चामल बिक्री गर्ने गरेका छन् । चैनपुरबाट वार्षिक एक हजारदेखि एक हजार २०० क्विन्टल चामल बिक्री हुन्छ । पछिल्ला वर्षमा सवारी साधनको पहुँच बढेसँगै बझाङ, अछाम, दार्चुला, बैतडीमा संस्थानको चामल कम खपत हुँदै गइरहेको छ ।

नेपाल खाद्य संस्थानले दार्चुला, अछाम र बझाङमा तीन–तीनवटा र बैतडी र बाजुरामा दुई–दुईवटा बिक्री केन्द्रमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । “दुई÷तीन वर्षयता बिक्री वितरणमा कमी आएको छ,” पन्तले भन्नुभयो । सुदूरपश्चिमका लागि सुरुवातमा २० हजार क्विन्टल चामल खरिदका लागि कोटा आउने गरेको थियो । हाल खाद्य संस्थानको क्षेत्रीय कार्यालयमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।

“सुदूरपश्चिममा खाद्य सङ्कट छैन,” उहाँले भन्नुभयो । संस्थानले पहाडी जिल्लामा निर्यातका लागि कैलाली, कञ्चनपुर, बर्दिया, बिर्तामोडलगायतका ठाउँबाट बर्सेनि चामल खरिद गर्दै आइरहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १०:५८ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...