back

पचपन्न प्रतिशत चामल बाजुरामै खपत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

711 

shares
GLOBAL IME AD
NTC AD

 ९ कात्तिक,भीमदत्तनगर । खाद्य संस्थानले सुदूरपश्चिममा बिक्री गर्ने कुल चामलको ५५ प्रतिशत बाजुरामा खपत हुने गरेको छ ।

सुदूरका अन्य जिल्लाको तुलनामा खाद्य सङ्कट बढी हुने बाजुराका दुईवटा बिक्री केन्द्रबाट वार्षिक २० हजार क्विन्टल चामल बिक्री वितरण हुने गरेको छ । नेपाल खाद्य संस्थान सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ लेखा सहायक गङ्गादत्त पन्त वार्षिक रुपमा सुदूरका पाँच पहाडी जिल्लामा बिक्री केन्द्रमार्फत करिब ३० हजार क्विन्टल चामल खपत हुने गरेको बताउनुहुन्छ ।

बझाङ सदरमुकाम चैनपुरमा रहेको बिक्री केन्द्रबाट न्यून चामल खपत हुने गरेको छ । चैनपुरमा व्यापारीले संस्थानको भन्दा सस्तोमा चामल बिक्री गर्ने गरेका छन् । चैनपुरबाट वार्षिक एक हजारदेखि एक हजार २०० क्विन्टल चामल बिक्री हुन्छ । पछिल्ला वर्षमा सवारी साधनको पहुँच बढेसँगै बझाङ, अछाम, दार्चुला, बैतडीमा संस्थानको चामल कम खपत हुँदै गइरहेको छ ।

नेपाल खाद्य संस्थानले दार्चुला, अछाम र बझाङमा तीन–तीनवटा र बैतडी र बाजुरामा दुई–दुईवटा बिक्री केन्द्रमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । “दुई÷तीन वर्षयता बिक्री वितरणमा कमी आएको छ,” पन्तले भन्नुभयो । सुदूरपश्चिमका लागि सुरुवातमा २० हजार क्विन्टल चामल खरिदका लागि कोटा आउने गरेको थियो । हाल खाद्य संस्थानको क्षेत्रीय कार्यालयमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।

“सुदूरपश्चिममा खाद्य सङ्कट छैन,” उहाँले भन्नुभयो । संस्थानले पहाडी जिल्लामा निर्यातका लागि कैलाली, कञ्चनपुर, बर्दिया, बिर्तामोडलगायतका ठाउँबाट बर्सेनि चामल खरिद गर्दै आइरहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १०:५८ मा प्रकाशित

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा  स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

काठमाडौँ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...