back
CTIZAN AD

नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

वि.सं.२०७५ पुस २२ आइतवार

690 

shares

२२ पुस, काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले तपशील बमोजिमका व्यक्तित्वहरूलाई कार्यसमितिमा निर्विरोध चयन गरेको छ :
सुमन पोखरेल– अध्यक्ष (आइएमई लिमिटेड)
दिवाकर थापा– निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि)
चन्द्र टण्डन– उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि)
रितेश मित्तल– महासचिव ( नेपाल रेमिट इ. प्रा.लि)
संजय सिग्देल– कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि)
इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि )
युमा श्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड)
प्रविन अधिकारी– सदस्य ( युनाइटेड रेमिट प्रा.लि)
दीपेन्द्र खनाल– सदस्य ( इजी लिकं प्रा.लि)

नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:५४ मा प्रकाशित

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज...

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने...

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...