back

दाङ देउखुरी सेवा समाज कतारमा हेमबहादुर बस्नेत

वि.सं.२०७५ पुस २२ आइतवार

129 

shares
RBB AD
NTC AD

दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य एवं सुरक्षीत रोजगारको कामना” भन्ने मुल नारा बोकेर सन् २०१२ मा स्थापना भएको दाङ देउखुरी सेवा समाज कतारको चौथो साधारणसभा सम्पन्न भएको छ ।

जनवरी ४ शुक्रबारका दिन कतारको राजधानी दोहामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व दाङ देउखुरी सेवा समाज कतारका अध्यक्ष बसन्तराज पुरीले गरेका थिए भने प्रमुख अतिथि समाजकै वरिष्ठ सल्लाहकार लुमाकान्त पुन मगर रहेका थिए ।

त्यसैगरी विशेष अतिथिमा दाङ देउखुरी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार गणेश बन्जाडे, अर्का वरिष्ठ सल्लाहकार अर्जुन खड्का, प्रमुख सल्लाहकार सुर्य सुवेदी, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारका अध्यक्ष देव परियार, नेपाली एकता समाज कतारका अध्यक्ष हेमन्त वाईबा, नेपाली प्रवासी मञ्च कतारका प्रथम उपाध्यक्ष दोर्ण बस्नेत, प्रदेश नम्बर पाँच समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष अकतर हुसेन थिए । त्यस्तै गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका सचीव रामजी खत्री, समाज सेवा अभियान डिल्ली राम भट्टराई, प्युठान सेवा समाज कतारका बलदेव राना, लगायत कतारमा क्रियासिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

प्रमुख अतिथि मगरले कार्यक्रमलाई सम्बोधन गर्दै यो जिल्लाको स्वास्थ्य र शिक्षामा केहि टेवा पुर्‍याउन सकियोस् भन्ने हेतुले विशुद्ध सामाजिक संस्थाका रुपमा संस्था स्थापना भएको बताए ।

दाङ देउखुरी सेवा समाजको सहयोगमा जिल्लामा एम्बुलेन्स संचालन गर्ने र उक्त एम्बुलेन्समा संस्थाको नाम “दाङ देउखुरी सेवा समाज दोहा, कतार” उल्लेख गरिने प्रमुख अतिथि मगरले उदघोष गरेका थिए ।

साधारणसभाले हेमबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जस अनुसार प्रथम उपाध्यक्षमा छबिलाल बुढाथोकी, द्वितीय उपाध्यक्षमा लिलाधर आचार्य, महासचिवमा मिनराज पुन, सचीवमा रण बहादुर केसि, कोषाध्यक्षमा केशव बुढामगर, सहकोषाध्यक्षमा मनिषा खड्का, लगायत २१ जनाको कार्यसमिति र ९ जना सल्लाहकार समेत चयन गरिएको छ।

समाजका महासचिव लिलाधर आचार्यले संचालन गरेको सो अधिवेशनमा कोषाध्यक्ष मिनराज पुनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

वि.सं.२०७५ पुस २२ आइतवार १०:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...