back
CTIZAN AD

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

वि.सं.२०७५ पुस २२ आइतवार

717 

shares

२२ पुस, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

“स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराएका छन्”, अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छाँै ।”

सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । अध्यक्ष राईले भने, “सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्नका लागि भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछाँै ।” महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

वि.सं.२०७५ पुस २२ आइतवार ११:०३ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...