back

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

वि.सं.२०७५ पुस २२ आइतवार

393 

shares
GLOBAL IME AD
NTC AD

२२ पुस, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

“स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराएका छन्”, अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छाँै ।”

सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । अध्यक्ष राईले भने, “सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्नका लागि भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछाँै ।” महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

वि.सं.२०७५ पुस २२ आइतवार ११:०३ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...