back
CTIZAN AD

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

वि.सं.२०७५ पुस २२ आइतवार

507 

shares

२२ पुस, डोटी ।  सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।

एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गरे ।

‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भने, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरे ।

दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।

वि.सं.२०७५ पुस २२ आइतवार १३:३३ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...