back
CTIZAN AD

विद्युत चुहावटबाट रु ६४ लाख असुली

वि.सं.२०७५ पुस २२ आइतवार

591 

shares

२२ पुस, राजविराज ।  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ ।

सप्तरीमा गत वर्ष ५०३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । उनका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको छ ।

स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाइ थियो । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्बाही गर्न सकिने उनले बताए ।

सप्तरीमा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कञ्चनपुरलगायत ठाउँबाट गरेको अनुगमनले ७५ वटा मिटरमा कार्बाही गरिएको छ । आव २०७५-७६ को साउनदेखि हालसम्ममा सो मिटर कार्बाहीबाट रु १३ लाख ४० हजार १४४ असुली भएको उनले जानकारी दिए । यस्तै हुकिङ नियन्त्रण अभियानअन्तर्गत ४०० जनालाई कार्बाही गरिएको छ । सो कार्बाहीबाट रु ५० लाख ६० हजार १५० असुल गरी ६४ लाख २९४ असुली गरेको प्रमुख साहले बताए ।

वि.सं.२०७५ पुस २२ आइतवार १३:४३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...