back
CTIZAN AD

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

वि.सं.२०८३ वैशाख १६ बुधवार

528 

shares

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ ।

चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा चार विधामा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले दुई विधामा बाजी मारेको हो । नेपालमा ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाइट टि र ग्रिन टि विधामध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चियाकफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले जानकारी दिए ।

कम्पनीका सञ्चालक शिशिर घर्तीमगरले ताराखोलाको चिया उत्कृष्ट बन्नु गौरवको विषय भएको बताए । उनले ताराखोलामा करिब १०० रोपनी क्षेत्रफलमा चियाखेती गरेका । समुद्र सतहदेखि करिब दुई हजार २०० देखि दुई हजार ४०० मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको बताइएको सुवेदीले बताए ।

वि.सं.२०८३ वैशाख १६ बुधवार १७:४८ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...