back
CTIZAN AD

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

वि.सं.२०८३ वैशाख १६ बुधवार

291 

shares

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा सगरमाथा आरोही सङ्घ, बाबुछिरी शेर्पा फाउण्डेशन, परिवारजन र सहकर्मी पर्वतारोहीले तिलगङ्गा, गौशलामा अवस्थित शालिक तथा सङ्ग्रहालयमा आज आयोजित कार्यक्रममा धर्मगुरुले बौद्ध परम्पराअनुसार शान्तिको कामनासहित पूजापाठ गरेका थिए ।

सङ्घकी अध्यक्ष माया शेर्पा, वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल, अल्पाइन स्पोटस् एशोसिएसन इन्क, अमेरिकाका अध्यक्ष नवाङ ङिमा शेर्पा, बाबुछिरी शेर्पा फाउण्डेशनका उपाध्यक्ष पेम्बा ग्याल्जेन शेर्पा लगायतले सालिकमा माल्यार्पण, दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली अर्पण गर्दै स्व शेर्पाले नेपालमा विश्वसामु चिनाउन सफल भएका उल्लेख गरे ।

सो अवसरमा वक्ताहरुले बाबुछिरीका नाममा शिक्षा, स्वास्थ्य तथा हिमाली समुदायको उत्थानका लागि सञ्चालन भइरहेका विभिन्न सामाजिक कार्यक्रमकाबारेमा जानकारी दिनुका साथै नयाँ पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्न र सुरक्षित आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने पहल जारी रहेको बताइयो ।

सन् १९९० मा फ्रेन्च एभरेष्ट एक्सपिडिसनका मार्क वटार्डसँग गएको आरोहणमा जानुभएका बाबुछिरीले सन् १९९९ मा सगरमाथाको टाकुरामा २१ घण्टाविना अक्सिजन बिताएर विश्वकीर्तिमान राख्न सफल भएका थिए ।

सन् २००० में मा आधार शिविरबाट १६ घण्टा ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुग्न सफल, सन् १९९५ र १९९९ मा एकै ऋतुमा दुई–दुई पटक सगरमाथाको सफल आरोहण गर्न सफल हिमाली क्षेत्रका लोकप्रिय राष्ट्रिय तारा विश्व कीर्तिमानी आरोही शेर्पाको ३६ वर्षको उमेरमा २०५८ वैशाख १६ गते निधन भएको थियो । बाबुछिरी विलक्षण प्रतिभा र साहसिक कीर्तिमानी भएकाले गोरखा दक्षिणबाहु, उत्कृष्ट राष्ट्रिय युवा पुरस्कार, पासाङल्हामु पुरस्कार, नेपाल पर्वताराहण सङ्घ पुरस्कार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आदि जस्ता दुई दर्जनभन्दा बढी समूह तथा सङ्घसंस्थाबाट पुरस्कृत गरिएको थियो ।

वि.सं.२०८३ वैशाख १६ बुधवार १७:०० मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...