back
CTIZAN AD

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

वि.सं.२०७५ पुस २६ बिहीवार

750 

shares

२८ पुस,घोराही ।  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् ।

परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हँुदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनु पर्ने देखिएको बताएका छन् ।

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उहाँको सुझाव छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ आँै दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
उनले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताए । समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनको भनाइ थियो ।

वि.सं.२०७५ पुस २६ बिहीवार १४:४२ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...