back
CTIZAN AD

कांग्रेस नेताका नाममा रहेको अस्पताल बिघटन गर्न खोजिएको भन्दै नेता पौडेलको आपत्ति

वि.सं.२०७५ माघ १ मंगलवार

720 

shares

१ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले काङ्ग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे ।

तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो ।

मुलुकको शान्ति प्रक्रियाका नेतृत्वकर्ता स्व गिरिजाप्रसादको श्वासप्रश्वासबाट ग्रसित भई निधन भएको थियो भने संविधान जारी गर्दाताका सरकारको नेतृत्वकर्ता स्व सुशील कोइराला जीवनको उत्तराद्र्धमा क्यान्सरबाट पीडित थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई सङ्घीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आफूहरूलाई जानकारी आएको नेता पौडेलले दावी गरे । उनले भने “तर मन्त्रिपरिषद् बैठकले काङ्ग्रेसका दुबै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय ग¥यो र स्वास्थ्य मन्त्रालयले ती दुबै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौँ ।”

सो खबर पाएलगत्तै काङ्ग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेट्न खोजेका थिए । सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि भोलि मात्रै समय उपलब्ध हुने खबर गरेको उहाँले सञ्चारकर्मीलाई जानकारी दिए ।

काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेर सरकारले दिन खोजेको सङ्केतप्रति काङ्ग्रेस सशङ्कित भएको बताउँदै नेता पौडेलले भने, “अब हामी प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौँ, त्यसपछि सरकारको यही रबैया रह्यो र प्रतिपक्षीप्रति पक्षपातपूर्ण व्यहार गरे हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ ।” नेता पौडेललले कठोर कदमका रूपमा काङ्ग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

सञ्चारकर्मीको प्रश्नमा उनले नेपाल वायु सेवा निगमको वाइड बडी खरीद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे । साथै उनले निर्मला हत्याकाण्डका दोषी पत्ता नलाग्नु पछाडि घटनामा शक्तिशाली मान्छेको संलग्नता भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

सरकार शान्तिसुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको आरोप लगाए । काङ्ग्रेस हालसम्म संयमित र जिम्मेवार प्रतिपक्षको भूमिकामा सरकारलाई बेलाबेलामा सचेत गराउँदै आएको बताउँदै उनले आफूहरूले सरकारलाई सुझाव दिँदै आएको भए पनि नसुनेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले भने “अब हामीले टुलुटृुलु हेरेर बस्न नसक्ने अवस्था आयो, काङ्ग्रेसको अस्तित्वमाथिको हमलाका रूपमा हामीले यस घटनालाई लिएका छौँ ।” चिकित्सा विधेयक पनि संसद्बाट बहुमतका आधारमा जबर्जस्ती पारित गर्न खोजिए प्रतिवाद गर्ने धारणा व्यक्त गर्दै उहाँले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

मुलुकका दूरदराजमा अस्पताल खोल्ने कुरा सरकारले नमान्नु संविधानको समाजवादको भावना विपरीत रहेको टिप्पणी गर्दै नेता पौडेलले काङ्ग्रेसले यस्तो हुन नदिने स्पष्ट पारे ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:२० मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...