१ माघ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन् ।
थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति÷माघ पर्व÷माघे सकरातीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले नेपालको सांस्कृतिक विविधताले विश्वमै छुट्टै पहिचान कायम गरेको बताए । उनले थारू समुदायले माघी, मगरले माघे सकराती र देशभरका आम नेपालीले माघे सङ्क्रान्तिका रूपमा मनाउने यस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको विकास गर्नाका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको बताएका छन् ।