Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चाडपर्वहरु सामाजिक सद्भाव बढाउने काममा कोशेढुंगा सावित–सभापति देउवा



१ माघ, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश दिँदै उनले माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गरेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गरेका छन् । सन्देशमा उहाँले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।