back
CTIZAN AD

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

वि.सं.२०८३ वैशाख १५ मंगलवार

480 

shares

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिसमक्ष पुगेको छ र हाल अध्ययनको क्रममा रहेको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले यसबारे निर्णय गर्नेछन्।

यसअघि सरकारले वैशाख ८ गते संसद् अधिवेशन बोलाउन सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरिएको थियो। तर त्यसको भोलिपल्टै सरकारले विशेष कारण देखाउँदै अधिवेशन स्थगनको प्रस्ताव अघि बढायो।

संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नपाइने संवैधानिक व्यवस्था रहेकोले सरकारले अधिवेशन स्थगित गरेर अध्यादेशको विकल्प रोजेको देखिन्छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विशेष गरी नियुक्ति प्रक्रियासँग जोडिएको छ। परिषद्मा प्रधानमन्त्रीसहित प्रमुख संवैधानिक पदाधिकारीहरू सदस्य रहने व्यवस्था छ। हालै विपक्षी दलको नेताको रूपमा भिष्मराज आङदेम्बे चयन भएसँगै परिषद् पूर्ण बनेको छ।

यस्तो अवस्थामा अध्यादेश ल्याइनुले संवैधानिक नियुक्ति प्रक्रिया अघि बढाउने सरकारी तयारीको संकेत गरेको छ। यद्यपि, संसद् स्थगित गरेर अध्यादेश ल्याउने निर्णयलाई लिएर राजनीतिक बहस हुने सम्भावना देखिएको छ।

 

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:१५ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...