back
CTIZAN AD

सांस्कृतिक विविधताले एकतालाई अझ मजबुत बनाएको छ–प्रधानमन्त्री

वि.सं.२०७५ माघ १ मंगलवार

621 

shares

१ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताएका छन् ।

माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताएका छन् ।

सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ । अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।

सम्पूर्ण नेपालीेको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०८:५८ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...