
१ माघ काठमाडौ । सधै वैदेशिक रोजगारमा जान लर्को लाग्ने नेपाली युवा स्वदेशमै व्यवसाय गर्न पनि लर्को लागेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कर्जा लिनका लागि वैदेशिक रोजगारबाट फर्केका युवाको लर्को लागेको हो ।
वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै व्यवासाय गर्न चाहाने युवाको लागि सोमबारसम्म १८ हजारभन्दा बढीले आवेदन दिएका छन् । विदेशबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सरकारले प्रतिव्यक्ति १० लाख रुपियाँसम्मको सहुलियतपुर्ण कर्जा दिने भएको हो । आजको गोरखापत्र दैनिक समाचारमा छ ।