back
CTIZAN AD

राष्ट्रपतिद्वारा माघी र माघे सङ्क्रान्तिको शुभकामना

वि.सं.२०७५ माघ १ मंगलवार

717 

shares

१ माघ, काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गरेकी छन् ।

“यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिवृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको छु । विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने बताएकी छन् ।

वि.सं.२०७५ माघ १ मंगलवार ०८:५४ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...