१ माघ काठमाडौ । सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको सबै वटामा स्वास्थ्य संस्था र हरेक स्थानीय तहमा कम्तीमा एक डाक्टर पुर्याउने योजना अलपत्र छ । सात सय ५३ मध्ये चार सय ६९ तहका अस्पताल तथा स्वास्थ्य संस्थामा एउटै पनि डाक्टर छैनन् ।
सरकारी घोषण कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको अध्ययनले पनि धेरै स्वास्थ्य संस्था डाक्टरविहिन रहेको देखाएको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य संस्थाको संरचना नै छैन । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ १ मंगलवार ०८:४२ मा प्रकाशित