back
CTIZAN AD

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

वि.सं.२०८३ वैशाख १४ सोमवार

891 

shares

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक भएको छ ।
नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सोमबार राजधानीमा आयोजित भव्य कार्यक्रममा काठमाडौं ३ का वडा अध्यक्ष प्रेम थापाले दियो प्रज्वलन गरेर किंग लङ्गको १६ सिटर इभी भ्यानको औपचारिक उद्घाटन गरे ।
नेपालको अर्थतन्त्र सुधारमा सिजी ग्रुपको महत्वपुर्ण भूमिका रहेको बताए ।

उनले विगत दुई वर्षदेखि इभिगाडडीमा चढेको भन्दै सजिलो र वातावरणीय हिसावले अनुकुल भएको बताए ।
कार्यक्रममा किंग लङ्गका विज्नेस मिनिट हेड कमर्सियल सेग्मेन्टका बद्री भट्टराईले किंग लङ्गको १६ सिटर इभी भ्यानको विशेषताहरु बताएका थिए ।

किंग लङ्ग १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ पध्ज ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो । यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ ।
यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ ।

किंग लङ्ग सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो । तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो ।
नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

नयाँ किंग लङ्ग १६ सिटर रु. ७२,५०,००० को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसा र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्छ ।

वि.सं.२०८३ वैशाख १४ सोमवार १६:४१ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...