back
CTIZAN AD

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

वि.सं.२०८३ वैशाख १४ सोमवार

531 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।

आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव ६८, विकास बैंक एक दशमलव १४, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन शून्य दशमलव ९७, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन एक दशमलव ५२, लघुवित्त शून्य दशमलव २९ र निर्जीवन बीमा शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ ।

वि.सं.२०८३ वैशाख १४ सोमवार १६:१७ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...