back
CTIZAN AD

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

वि.सं.२०८३ वैशाख १४ सोमवार

66 

shares

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल हुनुभएको हो । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उहाँ स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन् ।

तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध भएका हुन् । उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बीच उनलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो ।

समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भण्डारीले स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको बताए । उनले भने, “विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो । पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ । यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।”

भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन । “यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ”, उनले भने ।

भण्डारीको यो यात्रा भने सहज थिएन । सुरुआतमा उनले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उनले धन्यावाद दिए ।

“नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरीसमेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ”, भण्डारीले भने, “तालिममा सहभागी भएका २२ जनामध्ये छ जना मात्र छनोट भएका छौँ । जसमा म मात्र एसियाली क्षेत्रको हुँ ।”
उहाँको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताउनुभयो । “यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ । यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ”, उहाँले भन्नुभयो ।

लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुग्नुभएका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाउनुभयो । पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरु गरेपछि सामाजिक सेवामा संलग्न भएको उहाँको भनाइ छ ।

पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ । यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।
–––

वि.सं.२०८३ वैशाख १४ सोमवार १६:४४ मा प्रकाशित

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...