back
CTIZAN AD

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

वि.सं.२०८३ वैशाख १३ आइतवार

546 

shares

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार कुल १ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन हुँदा बागमती प्रदेशको मात्रै योगदान ६३ अर्ब १६ करोड ६५ लाख रुपैयाँ रहेको छ । यो कुल व्यवसायको करिब ४४ प्रतिशत हिस्सा हो ।

प्रदेशगत व्यापारिक अवस्था

जीवन वीमा कम्पनीहरूकाे प्रदेशगत अवस्था भने असन्तुलित देखिन्छ । जसमा बागमती प्रदेशले ६३ अर्ब १६ करोड बराबरकाे व्यवसाय गर्दा लुम्बिनी प्रदेशले २२ अर्ब ८५ करोडकाे व्यवसाय गरेकाे छ । त्यस्तै कोशी प्रदेशले १७ अर्ब ११ करोड, गण्डकी प्रदेशले १४ अर्ब ६५ करोड, मधेश प्रदेशले १३ अर्ब ३ करोडकाे व्यवसाय गरेका छन् ।

सबै भन्दा कम वीमा शुल्क आर्जन गर्ने प्रदेशहरूमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् । उनीहरूले क्रमशः ८ अर्ब ७० करोड र ४ अर्ब २७ करोड रूपैयाँ बराबरको वीमा शुल्क आर्जन गरेको देखिन्छ । यो तथ्याङ्कले वीमा शुल्क आर्जनमा पनि प्रदेशगत असन्तुलन कायमै रहेको देखिन्छ ।

बीमालेखको प्रकार र आकर्षण

तथ्याङ्कअनुसार देशभर सावधिक जीवन बीमामा सर्वसाधारणको सबैभन्दा बढी आकर्षण देखिएको छ । जसबाट कुल ५८ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट २७ अर्ब १६ करोड र रुपान्तरित सावधिक जीवन बीमाबाट १६ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ ।

सक्रिय बीमालेखमा बागमतीकै वर्चस्व

हाल देशभर रहेका कुल १ करोड ६३ लाख ९७ हजार २०५ सक्रिय बीमालेखमध्ये बागमती प्रदेशमा मात्रै १ करोड २ लाख ५५ हजारभन्दा बढी बीमालेख रहेका छन् । बागमतीमा विशेष गरी वैदेशिक रोजगार म्यादी जीवन बीमाको संख्या २३ लाख ३४ हजारभन्दा बढी हुनुले पनि यहाँको तथ्याङ्क उच्च देखाएको हो । सबैभन्दा कम सक्रिय बीमालेख सुदूरपश्चिममा ५ लाख ९९ हजार र कर्णालीमा ६ लाख १९ हजार मात्र रहेका छन् ।

याे पनि हेर्नुहाेस्

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

 

 

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:५० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...