back
CTIZAN AD

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

वि.सं.२०८३ वैशाख १३ आइतवार

477 

shares

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको लघु जीवन बीमाको व्यवसाय उत्साहजनक देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमास चैत्रसम्मको प्रतिवेदनअनुसार लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चैत मसान्तसम्म कुल २ अर्ब ५० करोड ४१ लाख रुपैयाँबराबरको बीमाशुल्क संकलन गरेका छन् ।

लघु बीमामा नेशनल र सिटिजन लाइफको अग्रता

जीवन बीमा कम्पनीहरूले जारी गरेको लघु बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । नेशनल लाइफले ९ महिनाको अवधिमा ६ करोड ५ लाख रुपैयाँ बराबरको लघु बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सिटिजन लाइफले ३ करोड ४० लाख र सन नेपाल लाइफले ५८ लाख रुपैयाँभन्दा बढीको लघु बीमा शुल्क संकलन गरेका छन् ।

लघु बीमकहरूको सशक्त उपस्थिति

लघु जीवन बीमाकै लागि स्थापित तीनवटा कम्पनीहरूको व्यवसाय भने निकै लोभलाग्दो छ । जसमध्ये क्रेष्ट माइक्रो लाइफले ३ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले ३ करोड ४ लाख रुपैयाँबराबरको बीमा शुल्क आर्जन गर्दा लिबर्टी माइक्रो लाइफले २ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क अर्जान गरेको छ ।

सक्रिय बीमालेख र पहुँच

तथ्याङ्कअनुसार हाल नेपालभर लघु जीवन बीमातर्फ ५७ लाख ९५ हजार ९२५ वटा सक्रिय बीमालेखहरू रहेका छन् । चैत महिनामा मात्रै ३ लाख ८० हजारभन्दा बढी नयाँ लघु बीमालेखहरू जारी भएका छन् । यसले शहरका साथै ग्रामीण भेगमासमेत बीमाको पहुँच विस्तार हुँदै गएको देखाएको छ ।

याे पनि हेर्नुहाेस्

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:०७ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...