back
CTIZAN AD

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

वि.सं.२०८३ वैशाख १३ आइतवार

522 

shares

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा उत्साहजनक व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनी, तीन लघु बीमा र वैदेशिक रोजगार म्यादी बीमा गरी कुल १ खर्ब ४३ अर्ब ८१ करोड १ लाख रुपैयाँ बराबरको उक्त बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल लाइफको लोभलाग्दो व्यापार

तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बजार वर्चस्वलाई झन् बलियो बनाएको छ । यस अवधिमा कम्पनीले कुल ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दै पहिलो स्थान ओगटेको छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै तेस्रो स्थानमा रहेको छ ।

बीमा कम्पनीहरुको मुख्य तथ्याङ्कीय विवरण

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरूले कुल ३५ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको नयाँ प्रिमियम संकलन गरेका छन् भने उनीहरुको व्यवसायको मुख्य हिस्साको रुपमा रहेको नविकरणवापतको शुल्क १ खर्ब ८ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिमा नेपालमा कुल १ करोड ६३ लाख ९७ हजार २०५ सक्रिय बीमालेखहरू रहेका छन् ।

लघु बीमा र म्यादी बीमाको अवस्था पनि उत्साहजनक

लघु जीवन बीमातर्फ तीनवटा कम्पनीले कुल ४ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेका छन् । त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट मात्रै २ अर्ब ५० करोड ७५ लाख रुपैयाँ संकलन भएको तथ्याङ्क छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले पनि यो अवधिमा ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँको व्यवसाय गरेको देखिएको छ ।

याे पनि हेर्नुहाेस्

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...