back
CTIZAN AD

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

वि.सं.२०७५ माघ २ बुधवार

813 

shares

२ माघ, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गरेका छन् । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाएका छन् ।

“पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उनले थपे, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।”

त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख ५० हजार आम्दानी गरे। “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उनले भने, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।”

उनीहरू मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन ९४० किलोको एक मन रु दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । यतिबेला किसान धमाधम अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन् । अदुवाबाट भएको आम्दानीले किसानले घर खर्च मात्र चलाएका छैनन्, आफ्ना बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन् । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको कृषक बताउँछन् । “विगतमा पात पहँेलिने, अदुवा कुहिने समस्या देखापर्दथ्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन”, खेमप्रसादले रासससँग भने, “अदुवाबाट भएको आम्दानीले घर व्यवहार धानेको छु ।”

“अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो”, बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने, “मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ ।” उत्पादनको शुरूमा प्रतिमन रु एक हजार ५०० देखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन रु दुई हजार ५०० सम्म अदुवा बेचेका थिए ।

यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताए । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ ।

जिल्लाका ग्रामीण भेगमा अधिकांश कृषकले अदुवा खेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोवार गर्न समेत अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

स्वावलम्वन समूहलाई दश लाख बिउ पूँजी

अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलाम नगरपालिकामार्फत करूणा फाउण्डेशनले यहाँका १० वडामा रु १० लाख वितरण गरेको छ ।

नगरपालिका र करूणा फाउण्डेशन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत नगरपालिकाका वडा नं १, २, ४, ५, ६, ७, ८, ९, ११ र १२ मा अपाङ्गता भएका व्यक्तिलाई रु एक÷एक लाखका दरले बिउ पूँजी वितरण गरिएको हो । वडा नं ३ र १० मा यसअघि नै बिउ पूँजी वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्ति आबद्ध रहेको संस्था स्वावलम्बन समूहलाई उक्त बिउ पूँजी वितरण गरिएको करूणा फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताएका छन् । उक्त बिउ पूँजीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउनेसमेत उनले बताए ।

“यो बिउ पूँजी हामीले उनीहरूका लागि व्यवसाय सञ्चालन तथा व्यावसायिक बनाउन दिएका हौँ”, उनले भने, “यस्ता खालको पूँजी जिल्लाका धेरै ठाउँमा दिएका छौँ, यसबाट अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन आएको छ ।”

बिउ पूँजी अनुदानबाट ऋण लिएर अपाङ्गता भएका व्यक्तिले बाख्रापालन, बङ्गुरपालन, तरकारी खेती, गाईपालन तथा किराना पसलसमेत सञ्चालन गर्दै आएका छन् । उक्त परियोजनामार्फत जिल्लाका ८१ वडामा बिउ पूँजी लगानी गरिएको करूणा फाउण्डेशनले जनाएको छ ।

बिउ पूँजी वितरण गर्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले लागत साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन भइरहेको तथा अपाङ्गता भएका व्यक्तिलाई इलाम नगरपालिकाले अनुभूत हुने गरी कार्यक्रम प्राथमिकतामा राखी सञ्चालन गरिरहने प्रतिबद्धता जनाए ।

वि.सं.२०७५ माघ २ बुधवार १२:०० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...