back
CTIZAN AD

नाडा निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त

वि.सं.२०८२ फागुन २८ बिहीवार

504 

shares

काठमाडौं। NADA Automobiles Association of Nepal को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनलाई पाटन उच्च अदालत ले खारेज गरेको छ। अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि बाटो खुलेको छ।

अदालतमा मुद्दा विचाराधीन रहँदा नाडाले न्यायालयप्रतिको सम्मान तथा विधिको शासनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।

आज पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै सो विषयसँग सम्बन्धित सबै कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ। यससँगै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम सञ्चालनका लागि मार्ग प्रशस्त भएको हो।

नाडाका अनुसार संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम निकट भविष्यमा आयोजना गरिनेछ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको र संस्थालाई आगामी दिनमा थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

 

वि.सं.२०८२ फागुन २८ बिहीवार ११:४० मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...