back
CTIZAN AD

भज्जुपूर्वाका जनता आरसेनिक युक्त पानी पिउन बाध्य

वि.सं.२०७५ माघ ७ सोमवार

675 

shares

७ माघ, बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य भएको बताएका छन् ।

नेपाल एक्रा एजुकेशनल फाण्डेशनले भज्जुपूर्वाका स्थानीयहरु संग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आरसेनिक युक्त पानी पिएर जीवन यापन गरी रहेकोे बताए । उनले गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तर मापन नगरी २० फूटमा धारा जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए ।

भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडाबाट प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हनिकारक रहेको बताए ।
छलफलमा सहभागि रहेका मुस्लिमहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशन संग माग गरेका थिए । एक्राले पानीको समस्याको सामना गरीरहेका व्यक्तिहरुका घरमा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाँउपालिकामा ५१, डुडुवागाँउपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले मानव बिकास पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान जानेको बताउदै स्वच्छ पानीका लागि एक्राले पहल गर्ने बताए । उनले स्थानीय निकाय संग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने बताए ।

वि.सं.२०७५ माघ ७ सोमवार १२:४० मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...