back
CTIZAN AD

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

वि.सं.२०८३ वैशाख १७ बिहीवार

477 

shares

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आवको नौ महिना (चैत मसान्त) सम्म एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरी कारागारसमेत चलान गरिएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ फरार कैदीबन्दी पक्राउ परेका छन् ।

“लामो समयदेखि कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गर्न यहाँका नौवटै जिल्लामा प्रहरी टोली परिचालित छ”, उनले भने, “जेजनी आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरी सबैतिर सक्रिय छ ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारगारबाट कुल एक हजार ४५८ कैदीबन्दी फरार भएका प्रवक्ता विष्टले जानकारी दिए । तीमध्ये एक हजार १२० जना पक्राउ परेका छन् । तीन सय ३८ जना अझै फरार छन् । कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा प्रहरीले फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता फरार प्रतिवादी ७६ जना पक्राउ गरिएको बताए । “पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दाका छन”, उनले भने ।

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:५९ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...