back
CTIZAN AD

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

वि.सं.२०७५ माघ ७ सोमवार

729 

shares

७ माघ, चितवन ।  राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ ।

जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताए ।

घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बता । पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८ र २० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन् ।

प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उनले बताए । आचार्यका अनुसार घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी दुईमध्ये किशोरीलाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।

आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । लाठीले हानेर लखेटी अर्की किशोरीलाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती किशोरीलाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाइ बलात्कार प्रयास भएको पीडितले जनाएका छन् ।

भरतपुर अस्पतालमा उपचाररत किशोरीको परीक्षण भइरहेकाले जबर्जस्ती करणीको प्रयास मात्रै हो वा करणी नै हो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइते बालिकाको टाउकोमा रगत जमेको छ भने किशोरीको टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ति जारी गरी पीडित बालिकाको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्र्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानूनी सजाय गर्न सरकारसँग माग गरेका छन् ।

दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि सो संस्थाको पहलमा काठमाडौँको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो बिदामा घर आएका छन् । तिनैमध्येका दुई बालिकामाथि घटना भएको फाउण्डेशनले जनाएको छ ।

वि.सं.२०७५ माघ ७ सोमवार १३:२८ मा प्रकाशित

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...