back
CTIZAN AD

बाँदर नियन्त्रणका लागि बजेट विनियोजन

वि.सं.२०७५ माघ ११ शुक्रवार

822 

shares

११ माघ, मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो ।

वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नं– ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिए । बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसाान बाँदरको दुःखबाटमुक्त हुने विश्वास लिइएको छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १८:०६ मा प्रकाशित

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...