back
CTIZAN AD

रसुवा भन्सारको आय रु १५ अर्ब

वि.सं.२०७५ माघ ११ शुक्रवार

864 

shares

 

ज्ञानेन्द्र न्यौपाने
११ माघ, रसुवा (रासस) । तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोवार शुरू भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करीब रु १५ अर्ब राजश्व सार्वजनिक भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि चालू आवको पुस मसान्तसम्म भ्याटसमेत गरी कूल रु १५ अर्ब १२ करोड ६७ लाख राजश्व आर्जन भएकोे छ ।

शनिबार मनाइने ६७ औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीका सिलसिलामा जानकारी दिँदै प्रमुख भन्सार अधिकृत खड्काले समयसापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अङ्ग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजश्वमा वृद्धि भएको जानकारी दिए ।

सुधारको प्रयास शुरू भएका कारण गत आवको साउनदेखि पुससम्मको तुलनामा चालु आर्थिक वर्ष २०७५ । ७६ को अवधिमा २५० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालय टिमुरेले बताएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिई हेरिने गरेको बताइएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको असरले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि २०७२ साल मङ्सिर १५ गतेदेखि रसुवागढी नाका पूर्णरूपमा सञ्चालन हुँदा मानवचाप बढ्न गई टिमुरे क्षेत्रका होटल, लज र पसल सञ्चालनमा आएपछि यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको टिमुरे घट्टेखोलाका समाजसेवी सोनावाङ्दी तामाङले बताए ।

यसैबीच भन्सार कार्यालयले भन्सार दिवसअन्तर्गत शनिबार मनाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको छ । तय गरिएका कार्यक्रममा शनिबार बिहान रसुवाबाट नेपाल पस्ने पहिलो पर्यटकलाई स्वागत गरिने, रसुवागढीबाट पदयात्रा गर्दै टिमुरे आउने, राजश्व चुहावट रोक्न चेतना जगाउने, भन्सारका विद्यमान ऐननियम दिशाबोध गराउने जस्ता रहेको प्रमुख भन्सार अधिकृत खड्काले जानकारी दिए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १८:१५ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...