Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

आफन्तको मृत्यु भएपछि प्रहरी चौकी तोडफोड



१२ कात्तिक, भक्तपुर । मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा आज तोडफोड गरेका छन् ।

तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त थिमिको घेराउ गरेका छन् ।

उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन् ।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु। एक लाख ५० हजारको क्षति भएको अनुमान प्रहरीको छ ।

तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले