back
CTIZAN AD

आफन्तको मृत्यु भएपछि प्रहरी चौकी तोडफोड

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

969 

shares

१२ कात्तिक, भक्तपुर । मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा आज तोडफोड गरेका छन् ।

तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त थिमिको घेराउ गरेका छन् ।

उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन् ।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु। एक लाख ५० हजारको क्षति भएको अनुमान प्रहरीको छ ।

तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:३२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...