back
CTIZAN AD

२८ थान नक्कली एटिएम कार्ड र १७ हजार अमेरिकी डलर सहित विदेशी नागरिक पक्राउ

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

885 

shares

atmother

१२ कात्तिक, काठमाडौँ । नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी० ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।
उनले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर पत्ता लगाई पुनःबुथमा गई रकम निकाल्ने नयाँशैलीको प्रयोग गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो ।

उनको साथबाट २८ थान नक्कली एटिएम कार्ड र १७ हजार अमेरिकी डलर बरामद भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएमबाट अन्य ग्राहकको रकम निकालेको भेटिएपछि उनको खोजी सुरु भएको थियो ।

बैंकका उपनिर्देशक विजेन्द्र सुवालले आफूले रकम ननिकाले पनि रकम निस्किएको एसएमएस आएको भन्दै ग्राहकले गुनासो गरेपछि बैंकले अनुसन्धान सुरु गरेको र प्रहरीलाई जानकारी गराएको बताउनुभयो ।

बैंकको ‘सिसिटिभी फुटेज’ को आधारमा उनको खोजी अगाडि बढाएको थियो । सोही क्रममा ठमेलको हिमालय बैंकबाट रकम निकाल्ने क्रममा ब्युरोको प्रहरी टोलीले स्टेफनोभलाई पक्राउ गरेको हो ।

एक अस्टे«ेलियन नागरिकले नेपालमा एटिएमबाट रकम निकाल्न खोज्दा एटिएम अड्किएकोमा उनको खाताको ६ हजार डलर रकम बुल्गेरियाबाट निकालिएको घटनामा समेत स्टेफनोभकै संलग्नता देखिएको छ ।
उनी गत असोज २२ गते नेपाल आई ठमेलस्थित एक होटलमा बस्दै आएको ब्युरोले जनाएको छ । ब्युरोका प्रमुख सिलवालले एटिएम कार्डको पिनकोड समयसमयमा परिवर्तन गर्न र अरुले नदेख्ने गरी मात्रै कोड हान्न सुझाव दिनुभयो ।
उनलाई बैकिंङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही बढाएको तथा सो ऐनबमोजिम बढीमा पाँच वर्ष कैद, बिगो भराउने तथा बिगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

ब्युरोले यसअघि २०७१ मङ्सिर १ गते टर्किस नागरिक, सोही वर्ष चैत ५ गते बुल्गेरियाली नागरिक र गत साउन १७ गते रोमानियाली नागरिकलाई नक्कली एटिएमको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:२७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...