back
CTIZAN AD

संविधान संशोधनमा कसैले पनि मेरो गोरुको बाह्रै टक्का गर्नु हुँदैन–महामन्त्री कोइराला

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

1.1K 

shares

sasanka

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेका महामन्त्री डा. शशांक कोइरालाले संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्ै टक्का जस्ता विचारलाई त्याग्नु पर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्नसमेत मधेसी मोर्चासँग आग्रह गर्नुभयो ।
महामन्त्री कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता रहेको बताउँदै भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राख्नुभयो ।
एक प्रश्नको जवाफमा महामन्त्री कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारे पनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र नभएको समेत बताउनु भयो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:०९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...