back
CTIZAN AD

अज्ञात समूहद्धारा सुत्केरीको हत्या

वि.सं.२०७३ कात्तिक १३ शनिवार

834 

shares

१३ कात्तिक,बुटवल। रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ ।  जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो । लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताउनुभयो । उहाँले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टैनै अनुसन्धानमा सफलता मिल्ने दाबी गर्नु भयो । मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहदै आएका छन् । राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर हत्या गरी लुटपाट गरिएको थियो ।
घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पु¥याउँदा मृत्यु भएको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०७:१६ मा प्रकाशित

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...